काठमाडौं, १७ पुस । टिभिएस मोटर्सको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘अल न्यू टिभिएस जुपिटर क्लासिक’ सार्वजनिक गरेको छ ।
क्लासिक संस्करणमा सनलाइट आइभोरी बडी कलर, यूएसबी चार्जर, फराकिलो सिट लगायतका विशेषता रहेका छन् । यसमा ११० सीसीको इन्जिन रहेको छ ।
क्लासिकमा प्याटेन्ट इकोमिटर जडान गरिएको छ । जसको सहायताले इको मोड र पावर मोड दुबैमा चलाउन सकिन्छ ।
इको मोडमा चलाउँदा इन्धन बचत हुने कम्पनीको दाबी छ । यसको बजार मूल्य एक लाख ८९ हजार ९०० रुपैयाँ तोकिएको छ ।















प्रतिक्रिया