तनहुँ, १६ पुस । नेपाली काँग्रेसका नेता तथा पुर्व सहमहामन्त्री गोविन्दराज जोशीले जुन दिन आफ्नो उम्मेदवारी विरुद्ध पौडेलले निर्वाचन आयोगमा उजुरी दिएका थिए त्यसै दिन पौडेलको हारको घोषणा भएको बताएका छन् । पौडेलले त्यो बुझ्न नसकेको कारण उनको हार घोषणा हुन मंसिर २१ कुर्नु परेको जोशीको भनाई थियो ।
४२ औँ मेलमिलाप दिवसको अवसरमा विपी विचार समाज तनहुँको आयोजनामा आइतबार दमौलीमा आयोजना गरिएको प्रवचन तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता जोशीले नेपाली काँग्रेस तनहुँको वर्तमान नेतृत्व नै नेपाली काँग्रेस सिध्याउन लागि परेको आरोप समेत लगाए । जसले पार्टी सिध्याउन भुमिका खेल्यो तिनीहरुले नै आफुलाई कारवाहीको लागि सिफारिस गरेको उनको भनाई थियो ।
अहिलेको काँग्रेसको जिल्ला कार्य समितिले रामचन्द्र पौडेललाई समेत बिगारेको जोशीको आरोप थियो । तनहुँमा नेपाली काँग्रेस पराजित भएको विषय र जिल्ला कार्य समितिको भुमिका छानविन गर्न अब कार्यकर्ताहरुले केन्द्रीय सभापतीलाई निवेदन दिन नेता जोशीले आफु समर्थित कार्यकर्ताहरुलाई आह्वान गरे । आफुलाई तनहुँको राजनीतिबाट सिध्याउन निर्वाचनमा कुनै पनि क्षेत्रमा टिकट नदिएको भन्दै जोशीले त्यसको बदला जनताले रामचन्द्र पौडेललाई चुनाव हराएर लिएको जोशीले बताए ।















प्रतिक्रिया