काठमाडौं, १६ पुस । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रका आफ्ना विरोधीहरूलाई कडा जवाफ दिँदै निर्वाचनको पराजय सबैले लिनुपर्ने बताएका छन् ।
मेलमिलाप दिवसको अवसरमा नेपाल विद्यार्थी संघले आइतबार राजधानीमा आयोजना गरेको ‘आजको सन्दर्भ र राष्ट्रिय मेलमिलाप’ विषयक विचार गोष्ठीमा सभापति देउवाले चुनावमा पराजित हुने उम्मेदवारहरूलाई जथाभावी नबोल्न चेतावनी समेत दिएका हुन् ।
‘पार्टीभित्र मेरो बिरोध गर्नेले पनि बुझुन्’, देउवाले कडा रुपमा प्रस्तुत हुँदै नेताहरूलाई प्रश्न गरे, ‘चुनाव आफैं हार्ने अनि मलाई हरायो भन्ने ?’
देउवाले पार्टीका नेता रामचन्द्र पौडेल लगायतका अन्य पराजित भएका नेताहरूले अन्तरघात गरेको आरोप लगाएको तर्फ संकेत गर्दै कडा रुपमा जवाफ दिएका हुन् ।
सभापति देउवाले आफ्नै कारणले कांग्रेस पराजित भएको भन्दै अब पार्टीभित्रै अनुसाशनसहितको मेलमिलाप आवश्यक भएको बताए ।
एक्का–एक्लै लड्दा कांग्रेस कुनै पार्टी भन्दा कमजोर नभएको भन्दै युवाहरू निराश हुन नहुने बताए ।
‘कांग्रेस हारेको छैन, तपाई युवाहरू किन निराश हुनुभएको ?’, उनले भने, ‘म बुढो त निराश भएको छैन, तपाईंहरू किन निराश हुने ।’















प्रतिक्रिया