१४ कार्तिक २०८३, शनिबार

एमालेमा वामदेवको फरक मत

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ पुस । एमाले उपाध्यक्ष वामदेव गौतम राष्ट्रपतिले अध्यादेश स्वीकृत गरिसकेको परिप्रेक्ष्यमा राष्ट्रिय सभा गठनपछि मात्र नयाँ सरकार बन्ने फरक बुझाइमा छन् ।

बिहीबारको स्थायी समिति बैठकमा गौतमले कांग्रेसले सबै प्रक्रिया अड्काएर सत्ता लम्ब्याउन चाहिरहेका वेला अध्यादेशका सम्बन्धमा पार्टी बहुमतीय अडानमा अडिन नहुने फरक धारणा राखेका थिए ।  नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘मैले अध्यादेश हेर्न पाएको छैन, तर पहिले राष्ट्रिय सभा गठन हुन्छ, त्यसपछि मात्र नयाँ सरकार बन्छ,’ गौतमले भने, ‘राष्ट्रिय सभाले सरकार बनाउने होइन, तर, एकतिहाइ महिला सदस्यको सुनिश्चितताका लागि संविधानले राष्ट्रिय सभालाई पनि प्रतिनिधिसभासँगै जोडेकाले कन्फ्युजन सिर्जना भएर सरकार बनाउने कुरासँग पनि जोडिएकाले निर्वाचन आयोगले अडान राख्यो, त्यसकारण भविष्यमा संविधानमा भएका कमजोरी सच्याउनुपर्ने देखिएको छ ।’

राष्ट्रपतिले लामो परामर्शपछि राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश स्वीकृत गरेको भन्दै गौतमले राष्ट्रिय सभा बनेपछि प्रतिनिधिसभाको पनि निर्वाचन परिणाम सार्वजनिक हुने बताए ।

संविधानकै कमजोरीका कारण कांग्रेसले ताजा जनादेशपछि पनि दुई महिनासम्म सरकारमा बसेर भद्रगोल गर्ने मौका पाएको उनको जिकिर छ ।

बहुमतीय प्रक्रियाबाट राष्ट्रिय सभा गठन गर्ने अडान कायम राख्दा प्रक्रिया लम्बिन सक्ने भन्दै बिहीबार वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालसहित स्थायी समितिमा धेरै सदस्यले लचकता देखाउनुको विकल्प नरहेको धारणा राखेका थिए ।