१४ कार्तिक २०८३, शनिबार

पूर्वमन्त्रीसहित दर्जनौं पूर्वसांसद प्रदेशमा

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ पुस । गणतन्त्र घोषणा गर्नेदेखि संविधान निर्माण गर्नेसम्मका सांसद प्रदेशसभा समानुपातिकतर्फका सांसदको सूचीमा परेका छन् ।

दलहरूले निर्वाचन आयोगलाई बुझाएको प्रदेश सभा समानुपातिकतर्फका सांसदको सूचीमा अन्तरिम संसद्, संविधानसभा सदस्य २०६४ तथा दोस्रो संविधानसभा सदस्य २०७० का दर्जनौं सांसद र सभासद प्रदेशसभा सांसद सूचीमा परेका छन् ।  राजधानी दैनिकले समाचार छापेको छ ।

सूचीमा पर्नेमा पूर्वमन्त्रीसमेत छन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, मधेसवादीसहित साना दलबाट अन्तरिम संसद् २०६३, संविधानसभा सदस्य २०६४ तथा दोस्रो संविधानसभा सदस्य २०७० का दर्जनौं प्रतिनिधि प्रदेशसभा सदस्यमा दोहोरिएका हुन् ।

नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने प्रदेश समानुपातिक सांसदको सूची भने सार्वजनिक भएको छैन । कांग्रेसभित्रको आन्तरिक विवादका कारण सूची सार्वजनिक हुन नसकेको बताइएको छ ।

दलहरूले निर्वाचन आयोगमा शुक्रबार बुझाएको सूचीअनुसार नेकपा एमालेबाट २०६४ सालको संविधानसभा सदस्यहरू यशोदा अधिकारी, उषाकला राई तथा अन्तरिम संसद् सदस्य रवीन्द्र बैठा धोबी प्रदेशसभामा दोहोरिएका छन् । एमालेबाट प्रदेशसभातर्फ प्रत्यक्षमा आधा दर्जनभन्दा बढी सदस्य दोहोरिएका छन् ।

नेकपा माओवादी केन्द्रबाट प्रत्यक्ष तथा समानुपातिक गरेर दर्जन सांसद र सभासद् प्रदेशमा परेका छन् । २०७० को संविधानसभा सदस्य सीता नेपाली प्रदेशसभा सदस्यमा समानुपातिकतर्फ दोहोरिएकी छन् । २०६४ का सदस्यहरू विमला केसी र दामाकुमारी शर्मा पनि समानुपातिकमा परेका छन् ।

माओवादी केन्द्रबाट अन्तरिम संसद् तथा पहिलो तथा दोस्रो संविधानसभा सदस्य रहेर प्रदेशसभामा प्रत्यक्षतर्फ झन्डै दर्जन संख्यामा नै रामकुमार राई खोटाङ, टंक आङबुहाङ ताप्लेजुङ, पूर्णप्रसाद राई ताप्लेजुङ, भरत शाह महोत्तरी, रामकुमार यादव सिरहा, ज्वाला शाह बारा, बुद्धिमान माझी सिन्धुली लगायत दर्जन बढी प्रतिनिधि प्रदेशसभामा परेका छन् ।

राजपा नेपालबाट डा. डिम्पल झा,  रामनरेश राय प्रदेश समानुपातिकतर्फ दोहोरिएका छन् । यस्तै, संघीय समाजवादी फोरम नेपालबाट भने पूर्वमन्त्रीसमेत रहेकी करिमा बेगम दोहारिएकी छन् । उनी पूर्वकृषि तथा सहकारी राज्यमन्त्री हुन् ।

दलहरूले निर्वाचन आयोगमा बुझाएको सूचीअनुसार उनीहरू दोहोरिए पनि निर्वाचन ऐन, नियम तथा नियमावलीअनुसार प्रतिनिधि नबुझाएको अवस्थामा भने दलहरूले दिएको प्रतिनिधि परिवर्तनसमेत हुन सक्नेछ ।

दलले बुझाए सांसद सूची

निर्वाचन आयोगले गरेको सिट बाँडफाँटसँगै प्रतिनिधि बुझाउन दिएको १५ दिने समयावधिअनुसार ठूलासाना सबै राजनीतिक दलले शुक्रबार समानुपातिकतर्फको सूची बुझाएका छन् ।

निर्वाचन आयोगका समानुपातिकतर्फका सहायक निर्वाचन अधिकृत गीता तिमल्सिनाले शुक्रबार सबै दलले प्रतिनिधि बुझाएको जानकारी दिए । आयोगले आज (शनिबार) छलफल गर्ने र त्रुटि देखिए आइतबार सच्याउन तिनको समयावधि दिएर पत्राचार गर्ने उनले जानकारी दिए ।

‘शनिबार आयोगले दिनभरि दलहरूले बुझाएको प्रतिनिधि समानुपातिक, समावेशी तथा क्रम संख्याअनुसार मिले नमिलेकोबारे अध्ययन गर्नेछ, दलहरूले बुझाएको सूची नमिलेमा आइतबार तीन दिनको समयावधि दिएर सच्याउन पत्राचार गर्नेछ,’ उनले भने ।

नेपाली कांग्रेसले शुक्रबार मध्यरातिसम्म सूची सार्वजनिक गरेको छैन । कांग्रेसबाहेक अन्य सबै दलले सूची सार्वजनिक गरेका छन् । नेकपा एमालेले बिहीबार नै प्रतिनिधिको सूची सार्वजनिक गरेको थियो । नेकपा माओवादी केन्द्रलगायत अन्य साना दलले शुक्रबार प्रतिनिधि टुंगो लगाउँदै सूची बुझाएका थिए ।

माओवादी केन्द्रले प्रदेश १ मा ५ जना, प्रदेश २ मा ५ जना, प्रदेश ३ मा ८ जना, प्रदेश ४ मा ३ जना, प्रदेश ५ मा ६ जना, प्रदेश ६ मा ४ जना, प्रदेश ७ मा चार जना गरेर ३५ जना प्रदेश समानुपातिक सदस्यको सूची आयोगमा बुझाएको छ ।

राष्ट्रिय जनता पार्टी नेपालले प्रदेशसभातर्फको समानुपातिक सदस्यको नामावली टुंगो लगाउँदै शुक्रबार निर्वाचन आयोगमा बुझाएको छ । राजपा नेपालका सचिव उपेन्द्र महतोका अनुसार प्रदेश २ मा पाएको १० सिटमा तीन जना पुरुष र सात जना महिलाको नाम सिफारिस गरिएको छ ।

राजपाको प्रदेशसभा समानुपातिक सदस्यहरूमा प्रदेश २ बाट तीन जना पुरुषतर्फ रामनरेश राय, रामप्रवेश बैठा र जानकी शरण साह रहेका छन् । यसैगरी, महिलातर्फ बबिता चौधरी, निलमदेवी भुमिहारनी, अञ्जु कुमारी, पुनम यादव, विभा ठाकुर, डा. डिम्पल झा र लैला खातुन रहेको महतोले बताए । यसैगरी, प्रदेश ५ मा अब्दुल कादिर शेख र प्रदेश ७ मा सुनिताकुमारी चौधरीको नाम सिफारिस भएको छ ।

संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादवका अनुसार पार्टीको तीनकुनेस्थित केन्द्रीय कार्यालयमा पदाधिकारी बैठकले १३ जना प्रदेशसभा सदस्यहरूको नाम टुंगो लगाएर आयोगमा बुझाएको छ । फोरम नेपालले प्रदेशसभा सदस्यका लागि समानुपातिकमा १ पुरुष र १२ महिलाको सिफारिस गरेको छ । प्रदेश १ मा रामचन्द्र लिम्बू, राजकुमारी यादव र सन्चमाया मोक्तान रहेका छन् ।

यसैगरी, प्रदेश २ मा करिमा बेगम, भिमा यादव, सीमा सिंह, उषाकुमारी यादव,  उपमा देव, विन्दु कुमारी यादव, चमेली देवी दास र किरण कुमारी राय रहेका छन् । यस्तै, प्रदेश ५ मा गीता कुमारी श्रीवास्तव र लक्ष्मी चौधरीको नाम सिफारिस भएको महासचिव यादवले बताए ।

राप्रपाले प्रदेशसभाको तीन समानुपातिक सदस्य चयन गरेको छ । राप्रपाले प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १, ३ र ६ मा एकएक सिट पाएको छ । पार्टी सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार प्रदेश १ मा इन्दिरा राई, ३ मा रीता माझी र ६ मा सोशीला शाहीको नाम सिफारिस भएको हो ।

प्रदेशसभा समानुपातिकतर्फका सांसद

नेकपा माओवादी केन्द्र

प्रदेश १

१. सीता थेवे

२. कुशुमकुमारी श्रेष्ठ

३. सौभाग्य राई

४. सरस्वती पोखरेल

५. उमिता विश्वकर्मा

प्रदेश २

१. जगतप्रसाद यादव

२. महम्मद समीर

३. रुबीकुमारी कर्ण

४. प्रमिलाकुमारी यादव

५. फुलियादेवी सदा

प्रदेश ३

१. दिनेश महर्जन

२. आङदेन्डी लामा

३. ओम घलान

४. हिमाली गोले

५. प्रतिमा श्रेष्ठ

६. सीता अधिकारी

७. भावना सुवेदी

८. कञ्चन खनाल

प्रदेश ४

१. गायत्री गुरुङ

२. मधु अधिकारी (गुरुङ)

३. दिलमाया रोका मगर (गौतम)

प्रदेश ५

१. गीता थापा

२. दामाकुमारी शर्मा

३. पार्वती पुन (गहतराज)

४. लौटी थारू

५. दीपा विक

६. सुष्मा यादव

प्रदेश ६

१. पुष्पा घर्ती विष्ट

२. सीताकुमारी नेपाली

३. विमला केसी

४. कृष्णा शाह

प्रदेश ७

१. निर्मला बडाल (जोशी)

२. कुन्ती जोशी

३. विनिता चौधरी

४. शान्ति नेपाली

संघीय समाजवादी फोरम नेपाल

प्रदेश १

१. रामचन्द्र लिम्बु

२. राजकुमारी यादव

३. सन्चमाया मोक्तान

प्रदेश २

१ करिमा बेगम

२. भीमा यादव

३. सीमा सिंह

४. उषाकुमारी यादव

५. उपमा देव

६. बिन्दुकुमारी यादव

७. चमेली देवी दास

८. किरणकुमारी राय

प्रदेश ५

१. गीता कुमारी श्रीवास्तव

२. लक्ष्मी चौधरी

राष्ट्रिय जनता पार्टी नेपाल

प्रदेश २

१. रामनरेश राय

२. रामप्रवेश बैठा

३.जानकीशरण साह

४. बबिता चौधरी

५. निलमदेवी भुमिहारनी

६. अञ्जु कुमारी

७. पुनम यादव

८. विभा ठाकुर

९. डा. डिम्पल झा

१०. लैला खातुन

प्रदेश ५

१. अब्दुल कादिर शेख

प्रदेश ७

१. सुनिताकुमारी चौधरी

राष्ट्रिय प्रजातन्त्र पार्टी

प्रदेश १

इन्दिरा राई

प्रदेश ३

रीता माझी

प्रदेश ६

सोशीला शाही

नयाँ शक्ति नेपाल

प्रदेश ४

धनमाया पोखरेल

राप्रपा प्रजातान्त्रिक

प्रदेश ३

रीना गुरुङ