काठमाडौँ, १५ पुस । जारी एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटको शनिबारको फाइनल खेलमा विराटनगर वारियर्सले र भैरहवा ग्लाडिएटर्ससामु १ सय ५० रनको लक्ष्य पेश गरेको छ ।
कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको बिराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन बनाएको हो । विराटनगरका लागि अंशुमन रथले ४१, कप्तान पारस खड्काले २७, अनिल साहले २२ र प्रनित थापा मगरले १६ रन जोडे ।
बाबर हायत ११, आशिफ शेख ७ रनमा आउट भए भने करण केशी ९ र बसन्त रेग्मी ३ रनमा नटआउट रहे । भैरहवाका लागि कृष्ण कार्की र हरिशंकर साहले २/२, तथा शरद भेषावकर र आरिफ शेखले समान १/१ विकेट लिए ।















प्रतिक्रिया