
काठमाडौँ, १५ पुस । नेकपा (माओवादी केन्द्र) का नेता अग्निप्रसाद सापकोटाले मुलुकको पर्यटन क्षेत्रलाई आफ्नो पार्टीले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।
वाम गठबन्धनबाट प्रतिनिधिसभामा निर्वाचित नेता सापकोटाले गठबन्धन सरकार बनेलगत्तै ५० लाख विदेशी पर्यटक भित्र्याउने गरी योजना अघि बढाउने उल्लेख गर्नुभयो ।
नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए)को १४औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै नेता सापकोटाले समग्र पर्यटन यातायातको प्रवद्र्धन र व्यवस्थित गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा (एमाले) पर्यटन विभाग प्रमुख सूर्य थापा, टानका अध्यक्ष नवराज दाहाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलिया, टुर्गानका निवर्तमान अध्यक्ष हरेराम बराललगायतले नेपालको पर्यटक यातायातको उत्थानका लागि आफूहरु लागिपर्ने र त्यसका लागि एनटिभिएसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।















प्रतिक्रिया