२ कार्तिक २०८३, सोमबार

इपिएल क्रिकेटः ललितपुरलाई ३ विकेटले हराउँदै भैरहवा फाइलनमा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ पुस । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वन्टी क्रिकेट प्रतियोगितामा भैरहवा ग्ल्याडियटर्स ललितपुर प्याट्रियट्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको क्वालिफायर्सको दोस्रो खेलमा भैरहवाले ललितपुरलाई ३ विकेट हराउँदै फाइनलमा विराटनगरसँगको भेट पक्का गरेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ललितपुरले भैरहवालाई १३३ रनको लक्ष्य दिएको थियो । जवाफमा भैरहवाले १९ दशमलव ३ ओभरमा ७ विकेट गुमाएर पूरा ग-यो ।

भैरहवाको जीतमा प्रथम सालुङ्गेले सर्वाधिक ३२ रनको योगदान दिए भने रोहितकुमार पौडेलले २८, भूपेन्द्र थापाले १९ तथा पुनित मेहराले १४ रन जोडे । त्यसैगरी राहुल यादव र कप्तान शरद भेषवाकारले समान ९ रन जोडे भने आरिफ शेखले ६ तथा प्रदीप ऐरीले ५ रन जोडे । ललितपुरका पवन सर्राफ र ललितनारायण राजवंशीले २/२ विकेट लिए भने सन्दीप लामिछाने र रसिद खानले १/१ विकेट झारे ।

यता ललितपुरले २० पूरा खेल्दै ६ विकेटको क्षतिमा १३२ रन जोडेको थियो । ललितपुरका लागि जयकिसन कोल्सावालाले सर्वा्धिक ४२ रनको योगदान दिए भने सन्नी पटेल २४, दीपेश भण्डारी २२, कप्तान ज्ञानेन्द्र मल्ल २०, शंकर राना १२ तथा सोनु तामाङले १० रन जोडे । भैरहवाका पुनितले २ विकेट लिए भने हरिशंखर शाह, आरिफ शेख र भुवन कार्कीले १/१ विकेट हात पारे । शनिबार हुने फाइनल खेलमा विजेता टोलीले २१ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । –रासस