काठमाडौँ, १२ पुस । २० प्रतिशत डाउन पेमेन्टमा अब जेसीबी खरिद गर्न सकिने भएको छ । नेपालका लागि जेसीबीको आधिकारीक विक्रेता एमएडब्लु अर्थमभर्स प्रालिले बुधबार पत्रकार सम्मेलनमार्फत सो अफर सार्वजनिक गरेको हो ।
एनसीसी बैंकसँगको सहकार्यमा एमएडब्लु अर्थमभर्स प्रालिले यो अफर नेपाली ग्राहकहरुकोबीचमा ल्याएको बताइएको छ । एमएडब्लु अर्थमभर्सका प्रबन्ध निर्देशक विष्णुकमार अग्रवाल र एनसीसी बैंकका प्रमुख कार्यकारी निर्देशकले बुधबार आयोजित पत्रकार सम्मेलनमा एमओयू (सम्झौता पत्र)मा हस्ताक्षर गरेका हुन् । एमएडब्लु अर्थमभर्सको ‘विकासका लागि निर्माण, निर्माणका लागि जेसीसी’ भन्ने नयाँ अभियानलाई सार्थकता दिनको लागि पनि यो अफर ल्याइएको बताइएको छ ।
‘तीनवटै निर्वाचनहरु सम्पन्न भइसकेको अवस्थामा अब विकास निर्माणको कार्यले गति लिने हामीले विश्वास लिएका छौँ । सबै खाले विकास निर्माणका लागि भारी यन्त्रहरु पूर्व अपेक्षित नै हुन् । २० प्रतिशत अग्रिम भुत्तानीको अफर जेसीबी एक्जाभेटर र ब्याकहो लोडरले राष्ट्रियदेखि स्थानीय तहसम्म थप एक्सपोजर पाउने अपेक्षा गरेका छौँ’, एमएडब्लु अर्थमुभर्सका सेल्स एन्ड मार्केटिङ हेड दीपकराज गिरीले भने ।
गिरीले थपे, ‘नेपालमै सबैभन्दा बढी रुचाइएको ब्रान्ड बन्नु र देश विकासमा सहभागी हुन पाउनु हाम्रो लागि गर्वको कुरा हो । हामीलाई विश्वास छ, २० प्रतिशत डाउन पेमेन्ट अफरले जेसीबी मेसिन खरिदलाई सहज बनाउनेछ र यसबाट सरकारी पक्ष मात्र होइन निजी क्षेत्र पनि लाभान्वित हुनुहुनेछ ।’
इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय भएको कम्पनीको दाबी छ । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै गएको एमएडब्लु अर्थमभर्सले बताएको छ । एमएडब्लु अर्थमुभर्सले सन् २००३ मा बेलायती हेभि इक्विपमेन्ट ब्रान्ड जेसीबीको डिलरसिप लिएको थियो । ललितपुरमा अवस्थित जेसीबीमा हाल साढे दुईसयभन्दा बढी कर्मचारी कार्यरत छन् भने अर्थमुभिङ र निर्माण उपकरण क्षेत्रमा यसको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ ।
देशभर ११ स्थानमा ‘थ्रि एस’ सुविधासहितको शाखा, चार वटा आधिकारिक विक्री केन्द्र (एआरओ) र एक सय ६६ जना सर्भिस इन्जिनियर जेसीबीका ग्राहकको सेवामा सदा तत्पर छन् । हाल जेसीबीले काठमाडौं, पोखरा, बुटबल, धनगढी, इटहरी, वीरगञ्ज, चितवन, दाङ, सुर्खेत र जनकरपुरबाट सेल्स, सर्भिस र स्पेयरको सेवा दिइरहेको छ ।















प्रतिक्रिया