२ कार्तिक २०८३, सोमबार

राष्ट्रपति बन्न माधव नेपाल तयार !

7.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफू राष्ट्रपति बन्न तयार रहेको बताएका छन् ।

क्याटरिङ ब्यबसायी संघ काठमाडौद्वारा बुधबार आयोजित बधाई तथा सम्म्मान कार्यक्रममा बोल्दै नेता नेपालले पार्टीले जिम्मेवारी दिए आफू राष्ट्रपति बन्न तयार रहेको बताए ।

तपाई राष्ट्रपतिको उम्मेदवार हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले समयको माग, पार्टी र संसदले दिने जिम्मेवारी अनुसार आफू अगाडि बढ्ने बताए । ‘मेरो भूमिका एउटा सांसदको रुपमा, पूर्वप्रधानमन्त्रीको रुपमा रहनेछ,’ नेता नेपालले भने,‘ पार्टी र संसदले कसरी जिम्मा दिन्छ र समयको माग अनुसार अगाडि बढ्छु ।’

नेता नेपालले एमाले माओवादी एकता र सरकारगठन सँगसँगै हुने दाबी गरे । ‘विचार र संगठनात्मक विषयमा छलफल गर्दै अगाडि बढ्नुपर्छ’ नेता नेपालले भने- ‘सरकार गठन र एकताप्रकृया सँगसँगै अगाडि बढ्छ ।’

एमाले प्रचण्डलाई अध्यक्ष स्विकार गर्न सक्छ भन्ने पत्रकारको प्रश्नमा नेता नेपालले भने‘एमालेले प्रचण्डलाई की केपी ओलीलाई अध्यक्ष बनाउने भन्ने कुरा दुई पार्टी बीचको छलफलपछि निर्धारण हुन्छ ।’ उनले पूर्वनिर्धारित व्यस्तताका कारण एमाले माओवादी शीर्ष नेताबीच भेटवार्ता हुन नसकेको दाबी गरे ।