३० आश्विन २०८३, शुक्रबार

पाकिस्तान र अफगानिस्तानलाई चीनले मिलायो, बेइजिङमा भयो यस्तो सहमति

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ, पुस ११ । पाकिस्तान, अफगानिस्तानका विदेश सचिवस्तरीय संयुक्त बैठकले तालिवान लडाकूलाई शान्तिवार्तामा बस्न आग्रह गरेको छ ।

त्रिदेशीय वार्तालाई इस्लामावाद र काबुलबीच बिग्रिएको सम्बन्ध सुधार्ने चिनियाँ प्रयासका रुपमा पनि लिइउकोे छ । अफगानिस्तानले पाकिस्तानमाथि तालिवान लडाकूहरुलाई सहयोग गर्ने गरेको आरोप लगाउँदै आएको छ । 

चीनको पहलमा मङ्गलबार बेइजिङ्मा भएको बैठकपछि तीनै सरकारको पक्षबाट आह्वान गरिएको आग्रहको संयुक्त विज्ञप्ति जारी गरी तालिवान लडाकूलाई सकेसम्म छिट्टै शान्तिवार्तामा आउन भनिएकोे छ । अफगानिस्तानमा प्राय दैनिकजसो भएका तालिवान आक्रमणपछि बसेको बैठकमा चीनले क्षेत्रीय शान्ति प्रबर्धन गर्न पाकिस्तानको भूमिमा बनाइने कैयौँ अर्ब डलर बराबरको आर्थिक करिडोरको योजनालाई अफगानिस्तानसम्म विस्तार गर्ने विषयमा आफू ईच्छुक भएकोे जनाएको छ ।

क्षेत्रीय शान्ति प्रबर्धन गर्न पाकिस्तानको भूमिमा बनाइने कैयौँ अर्ब डलर बराबरको आर्थिक करिडोरको योजनालाई अफगानिस्तानसम्म विस्तार गर्ने विषयमा आफू ईच्छुक भएको चीनले जनाएको छ ।

राजधानी बेइजिङमा पाकिस्तान‚ अफगानिस्तान र चीनबीच भएको पहिलो त्रिदेशीय बैठकपछि बोल्दै चिनियाँ विदेशमन्त्री वाङ यी ले सो करिडोर विकासको संवाहक बन्नेमा आफूलाई विश्वास लागेको बताउनुभएको छ । चिनियाँ क्षेत्र सिनजियाङलाई पाकिस्तानसँग जोड्ने उक्त वृहत लगानीको योजनाले विकास निम्त्याउने आशा वाङले व्यक्त गनुभयो ।

त्रिदेशीय वार्तालाई इस्लामावाद र काबुलबीच बिग्रिएको सम्बन्ध सुधार्ने चिनियाँ प्रयासका रुपमा पनि लिइउकोे छ । अफगानिस्तानले पाकिस्तानमाथि तालिवान लडाकूहरुलाई सहयोग गर्ने गरेको आरोप लगाउँदै आएको छ ।

पाकिस्तानसँग जोडिएको आर्थिक करिडोर क्षेत्रमा बेइजिङले करिब ५७ अर्ब डलर बराबरको लगानी गर्दैछ । त्यस अन्तर्गत पाकिस्तानी बन्दरगाह ग्वादरदेखि पश्चिमी चिनियाँ शहर काश्गरसम्म सडक सञ्जालहरु, रेल वे लाईनहरु र पाईपलाईनहरु निर्माण गरिंदै छ । – एपी