२ कार्तिक २०८३, सोमबार

बाम गठबन्धनलाई ठूलो धक्का, एकीकरणको विरोध गर्दै ‘आहूति’ले पार्टी छाडे

6.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । बाम गठबन्धनको निर्णय र प्रक्रियाप्रति असन्तुष्ट रहँदै आएका नेकपा (माओवादी केन्द्र)का पोलिटव्युरो सदस्य विश्वभक्त दुलाल ‘आहूति’ले एमालेसँगको एकीकरण गर्ने निर्णयप्रति असहमति जनाउँदै पार्टी छाडेको घोषणा गरेका छन् ।

‘आहूति’ले आफू पार्टीमा नरहेको र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो नेता नभएको बताएका छन् । उनले एकताबारे पार्टीमा कुनै छलफल नभएको भन्दै केही नेताले निर्णय गर्दैमा एकता हुन नसक्ने उल्लेख गरेका छन् ।

एकता नभई माओवादी केन्द्र एमालेमा बिलय हुन लागेको उनको भनाइ छ । दुई पार्टीबीच विचार नीति, सिद्धान्त र कार्यक्रममा आकाश-पाताल फरक रहेको र ती विषयमा मतभेद अन्त्यको प्रयासै नगरी गरिएको एकता आम नेता र कार्यकर्ताका लागि स्वीकार्य हुन नसक्ने ‘आहुती’ले बताएका छन् ।

एमालेले माओवादीमाथि र माओवादीले एमालेमाथि लगाएका आरोप र दस्तावेजमा उल्लेख गरिएका प्रवृत्तिमा कुनै परिवर्तन नगरी हतारमा एकताको निर्णय भएको उनले बताएका छन् ।

एमाले र माओवादी केन्द्रबीच सरकार गठन र त्यसपछि पार्टी एकीकरणको कुरा चलिरहेका बेला माओवादीका सो प्रक्रियाको विरोध गर्दै पोलिट व्युरो सदस्य आहुतीले गरेको निर्णयले ठूलो आशंका उत्पन्न गरिदिएको छ ।