२ कार्तिक २०८३, सोमबार

आफू गृहमन्त्री बन्नेबारे नवराज सिलवालले गरे यस्तो घोषणा, केपी ओलीको आर्शिवाद कति ?

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । पूर्वडिआईजी एवम् नेकपा (एमाले)बाट ललितपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित नवराज सिलवालले आफू गृह मन्त्री बन्न सक्षम रहेको दाबी गरेका छन् ।

हिमालय टेलिभिजनको ‘धमलाको हमला’ कार्यक्रममा अन्तर्वार्ता दिने क्रममा सिलवालले एमालेका अध्यक्ष केपी ओलीले आफूलाई गृहमन्त्रीको आश्वासन दिएको बताएका हुन् । उनले बाम गठबन्धनको आगामी नयाँ सरकारले गृह मन्त्रीको जिम्मेवारी दियो भने जिम्मेवारी लिन तयार रहेको बताए ।

‘म गृहमन्त्री बन्न अयोग्य छैन । गृहमन्त्री बन्नेबारेमा केपी ओलीले म एमाले प्रवेश गर्दा भन्नुभएको थियो । गृहमन्त्री बनाउने उहाँले भनेपछि जनताहरूले सुने त्यसपछि गृहमन्त्रीको कुरा आयो’, सिलवालले भनेका छन् ।

एमालेमा प्रवेश गर्नु अगाडि तपाई नेपाली कांग्रेस समर्थक हुनुहुन्थ्यो भन्ने प्रश्नको जवाफमा सिलवालले भनेका छन्, ‘म कांग्रेसमा थिइन । म कर्मचारी थिएँ । यो सब गलत हो ।’

आफूलाई आईजीपी बन्न नदिनेमा कांग्रेस सभापति शेरबहादुर देउवाको प्रमुख भूमिका रहेको बताएका सिलवालले भने, ‘विमलेन्द्र निधिसँग निवासमा भेट गरेको हुँ । तर, आईजीपी बनाइदेउ भनेर कहिल्यै भनिन ।’

शेरबहादुर देउवालाई भेट गराएर आईजीपी बनाउन कांग्रेसका नेता उदयशम्शेर राणाले पहल गर्नु भएको थियो नि ? भन्ने प्रश्नको जवाफमा सिलवालले भने, ‘कांग्रेस सभापति देउवाजीलाई भेटेको हुँ । तर, उदय शम्शेर राणाले लगेर गएको होइन ।’

मिटर व्याज र गुनबहादुर थापासँगको सम्बन्धबारेमा सोधिएको जिज्ञासामा पूर्व डिआईजी सिलवालले भनेका छन्, ‘मैले कसैसँग मिटर व्याजमा पैसा लिएको छैन । र, लगाएको पनि छैन । गुनबहादुर थापालाई मैले चिन्दैन ।’