रुपन्देही, १० पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता विश्वप्रकाश शर्माले कांग्रेसलाई राष्ट्रव्यापी रुपमा बलियो बनाउन सही उपचार जरुरी रहेको बताउनुभएको छ ।
कांग्रेस बुटवल नगर समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा शर्माले निर्वाचनमा कांग्रेस हारेपनि विचारको जित भएको दाबी गर्नुभयो ।
कांग्रेस घाटमा नपुगेको र थलामात्र परेको भन्दै उहाँले गम्भीर आत्मसमीक्षा नगरी अघि बढेमा कांग्रेस इतिहासको पुस्तकमा सीमित हुने चेतावनी पार्टी नेतृत्वलाई दिनुभयो । शर्माले पार्टीमा कपालको रौँदेखि खुट्टाको बुढी औँलासम्म कमजोरी रहेको बताउनुभयो । राष्ट्रव्यापी रुपमा कांग्रेस बदल्न आवश्यक रहेकोमा उहाँको जोड छ । पार्टीमा आमूल परिवर्तन जरूरी रहेको भन्दै पार्टी विस्तार नभई व्यवस्थापन आवश्यक रहेको उहाँले बताउनुभयो ।
कांग्रेसको रूखलाई जरामा पानी हाल्नुपर्ने बेला आएको भन्दै उहाँले चुनाबी परिणामबाट नआत्तिन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।















प्रतिक्रिया