२ कार्तिक २०८३, सोमबार

सीसीआरसीले फुटबलमा जित हात पार्‍यो

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । सीसीआरसीले प्रथम मल्पी कप अन्तरकलेज छात्र फुटबल प्रतियोगितामा आइतबार जित हात पारेको छ ।
लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद प्रशिक्षण केन्द्रमा भएको खेलमा सीसीआरसीले ओरियन्टलाई १–० गोलले पराजित ग-यो । किरण खड्काले निर्णायक गोल गरे ।
मल्पी इन्स्टिच्युटद्वारा आयोजित प्रतियोगिताको अन्य समूह चरणको खेलमा बुढानीलकण्ठ, आइडियल र क्याम्पियन एकेडेमी विजयी भए ।
बुढानीलकण्ठले ह्वाइटहाउसलाई २–१ गोलले हरायो । विजेताका रोहित खड्का र पुजन गुरुङले १–१ गोल गरे । ह्वाइटहाउसका नहिर श्रेष्ठले सान्त्वना गोल गरे । आइडियलले एसलाई ३–० तथा क्याम्पियनले इन्साइट भिजनलाई ३–१ गोलले पन्छाए ।
क्याम्ब्रिज विजयी
क्याम्ब्रिज पब्लिक स्कुलले दोश्रो माफ अन्तरविद्यालय छात्रा भलिबल प्रतियोगितामा आइतबार जित हात पारेको छ । त्यस्तै लाइसियम, सम्भावी, ग्लोबल पब्लिक र पिस प्वाइन्टले पनि आ–आफ्नो खेल जिते ।
माफद्वारा आयोजित प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले एक कार्यक्रमबीच उद्घाटन गरे ।
प्रतियोगितामा १४ टिमको सहभागिता रहेको क्याम्ब्रिजकी रिता राई दाहालले जनाएकी छन् । फाइनल मंगलबार हुनेछ ।
मनमैजु टिम च्याम्पियन
मनमैजुले १५ औं इन्डो–नेपाल कराते तथा किक बक्सिङ प्रतियोगिताको उपाधि आइतबार जितेको छ । मनमैजुले ८ स्वर्ण, ५ रजत र १ कांस्य जित्यो ।
नेपाल सितोरियो कराते डो संघ, नव शान्ति शाखा डोजोको आयोजनामा भएको प्रतियोगितामा ५ स्वर्ण, २ रजत र ६ कांस्यसाथ आयोजक नव शान्ति दोश्रो भयो । तेश्रो स्थानको नेसनल डोजोले ३ स्वर्ण, ३ रजत र ४ कांस्य हात पा-यो ।
पुरुषमा काभ्रेका करण गुरुङ तथा महिलामा सिफल एकेडेमीकी युनी महर्जन उत्कृष्ट खेलाडी घोषित भए । पुरुषमा द ह्वाइट माउन्टेनका शुभम श्रेष्ठ तथा महिलामा नव शान्तिकी स्मारिका ओझा उदीयमान खेलाडी चुनिए ।
समापनका अवसरमा रक्षा मन्त्री भीमसेनदास प्रधान, तार्केश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरालगायतलाई सम्मान गरिएको थियो ।