१४ कार्तिक २०८३, शनिबार

एक्लै बहुमत आएको भए एमाले टाढिने सम्भावना थियो: प्रचण्ड

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, ९ पुस ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालका कम्युनिस्टहरू एक हुनुको विकल्प नभएको बताए ।

बुधबार नवलपुरको कावासोतीस्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले उक्त धारणा व्यक्त गरेका हुन् । राजधानी दैनिकले समाचार छापेको छ ।

आफ्नै प्रस्तावमा वाम गठबन्धन बनेको र सोही गठबन्धनअनुसार पार्टी एकता हुने भएकाले ढुक्क रहन उनले आफ्ना कार्यकर्तालाई आवश्वासन दिए ।

‘एक्लै बहुमत आउन सक्ने अवस्था हुदा एमाले पार्टी एकताबाट टाढिन सक्ने सम्भावना रहन्थ्यो,’ अध्यक्ष दाहालले भने, ‘यतिखेर एमाले एकताप्रति सकारात्मक छ ।’

उनले माओवादी केन्द्र जता गयो त्यतै सरकारका लागि बहुमत पुग्ने भएकाले अहिलेको शक्तिकेन्द्र माओवादी भएको दाबीसमेत गरे ।

उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसवादी दलहरूसँग मिलेर सरकार बनाउन खोजे पनि बहुमत नपुग्ने भएपछि वाम गठबन्धनको पार्टी एकता गर्नुको विकल्प नभएको उल्लेख गरे ।

त्यस्तै, राष्ट्रिय सभा गठनका लागि उनले मंगलबारको बैठक पनि आफैंले डाकेको तर सहमति जुट्न नसकेको बताए ।

‘एकल संक्रमणीय प्रणालीमा जाँदा राष्ट्रिय सभामा पाँच दलको प्रतिनिधित्व हुने र बहुमतीय प्रणालीमा जाँदा वामगठबन्धनको मात्र प्रतिनिधित्व हुने देखिन्छ,’ अध्यक्ष दाहालले भने, ‘वाम गठबन्धनलाई फाइदा हुने भए पनि एकल संक्रमणीय प्रणालीमा गएर सबै दलको प्रतिनिधित्व गराउनुपर्छ भन्ने मेरो भनाइ हो ।’