२ कार्तिक २०८३, सोमबार

घरेलु मैदानमा रियल म्याड्रिड बार्सिलोनासँग ३-० ले पराजित

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ पुस । स्पानिस ला लिगा अन्तर्गतको एल क्लासिकोमा क्रिश्टियानो रोनाल्डोको टिम रियल मड्रिड पराजित भएको छ । आफ्नै घरेलु मैदानमा रियल बार्सिलोनासँग ३-० ले पराजित भएको हो ।

रियलको मैदान सान्टियागो वर्नावेउमा भएको खेलमा लुइस सुवारेजले ५४ औँ मिनेटमा पहिलो गोल गर्दै बार्सिलोनाका लागि खाता खाले । ६३ औँ मिनेटमा रियलका डानी कार्भाजलले डिबक्स भित्र फल गरेपछि पाएको पेनाल्टिमा बार्साका मेस्सीले गोल गर्दै अन्तर २-० बनाए । डानी रेड कार्ड पाएर मैदान बाहिरिए । ९० मिनेट पछिको अतिरिक्त समयमा एलेक्स भिडालले गोल गरेपछि बार्साले ३-० को जित निकाल्यो ।

जितसँगै बार्साले १७ खेलबाट ४५ अंक जोडेको छ । एक खेल कम खेलेको रियलको ३१ अंक छ । –एजेन्सी