२ कार्तिक २०८३, सोमबार

प्रथम जिल्लास्तरीय तेकवान्दोमा ‘अरुणखोला’ १२ स्वर्णसहित पहिलो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्विरः आनन्द पोखरेल/चितवन

गैंडाकोट, ८ पुस । राष्ट्रिय तेकवान्दो संघ जिल्ला कार्य समिति नवलपुरद्वारा गैंडाकोटमा आयोजना गरिएको प्रथम जिल्लास्तरीय तेकवान्दो प्रतियोगितामा ‘अरुणखोला तेकवान्दो डोजाङ’ पहिलो भएको छ । कुल १२ वटा स्वर्णपदकसहित अरुणखोला तेकवान्दो डोजाङ पहिलो भएको हो ।

उक्त प्रतियोगितामा १० वटा स्वर्णपदकसहित ‘विजय सामुदायिक तेकवान्दो डोजाङ’ दोस्रो र आठ वटा स्वर्णपदकसहित ‘एके फोर्टीसेभेन तेकवान्दो डोजाङ’ तेस्रो भएको छ । उक्त प्रतियोगितामा ‘होप हाउस तेकवान्दो डोजाङ’का पावल क्षेत्री ‘बेष्ट प्लेयर’ भएका छन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो भएका डोजाङ तथा बेष्ट प्लेयरलाई ट्रफी प्रदान गरिएको थियो ।

डोजाङहरुलाई गैंडाकोट नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी कंडेल तथा ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक दिवस जिसीले ट्रफी प्रदान गरेका थिए । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो भएका खेलाडीहरुलाई मेडल र प्रमाणपत्र दिइएको थियो । उक्त प्रतियोगितामा नवलपुरका १४ वटा र चितवनका १७ वटा डोजाङहरुको सहभागिता रहेको राष्ट्रिय तेकवान्दो संघ जिल्ला कार्यसमिति चितवनका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा महिलातर्फ २५ देखि ४९ किलो तौल समूहसम्म र पुरुषतर्फ २० देखि ६८ किलो तौल समूहमा प्रतिस्पर्धा गराइएको श्रेष्ठले जानकारी दिए । शुक्रबार भएको प्रतियोगिताको उद्घाटनमा चितवन र नवलपुरका तीन सयभन्दा बढी खेलाडीहरुले प्रतिस्पर्धा जनाएका राष्ट्रिय तेकवान्दो संघ जिल्ला कार्य समिति नवलपुरका अध्यक्ष कुसुम सुवेदीले जानकारी दिए ।