काठमाडौं, ८ पुस । भारतको विहार राज्यका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई सिबीआईको विशेष अदालतले चारा घोटाला प्रकरणमा दोषी ठहर गरेको छ । दोषी ठहर भएसँगै उनलाई प्रहरीले अदालत परिसरबाटै गिरफ्तार गरेको छ ।
सन् १९९१–१९९४ को चर्चित चारा घोटालामा देवघर राजकोषबाट ९०० सय करोड भ्रष्टाचार भएको थियो । यसलाई पशुपालन घोटाला पनि भनिन्छ । पशुपालन विभागका अधिकारी र ठेकेदारले तत्कालिन लालु यादव नेतृत्वको सरकारलाई हातमा लिई राज्यकोषबाट करिब ९०० सय करोड निकासा गरेका थिए । जसमा ८५ लाख लालु यादवले भ्रष्टाचार गरेको अदालतको ठहर छ ।
दोषी ठहर भएका यादवलाई सजाय भने ३ जनवरीमा सुनाइनेछ । अदालतले लालूसहित १५ जनालाई दोषी ठहर गरेको छ । र, पूर्वमुख्यमन्त्री जगन्नाथ मिश्रासहित ७ जनालाई सफाइ दिएको छ ।















प्रतिक्रिया