३० आश्विन २०८३, शुक्रबार

अन्तरिक्षमा स्वतन्त्र हिँडडुल गर्ने पहिलो अन्तरिक्ष यात्रीको निधन

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अन्तरिक्ष यात्री ब्रस म्याकक्याण्डलेस । तस्विरः एपी

अमेरिका, ८ पुस । अन्तरिक्षमा स्वतन्त्र हिँडडुल गर्ने पहिलो अन्तरिक्ष यात्री ब्रस म्याकक्याण्डलेस (Bruce McCandless)को ८० वर्षको उमेरमा निधन भएको छ ।

१९८४ को फेब्रुअरीमा ब्रुस एक्लै पृथ्वीमाथिको अन्तरिक्षमा ‘स्पेसवाकर जेटप्याक’को सहायताले यात्रा गरेको उनको फोटो निकै चर्चित भएको थियो । सो क्रममा ब्रुसले आफ्नो अन्तरिक्ष यानबाट ९० मिटर (३०० फिट) टाढासम्मको यात्रा गरेका थिए ।

‘अन्तरिक्षमा निर्वाद उडेको ब्रुसको फोटोले मानव क्षमताको कुनै सीमा नरहेको भन्ने कुरा विश्वास गर्न अमेरिकी जनतालाई प्रेरित गरेको छ’ सीनेटर जोन मेक्केनले वक्तव्यमा भनेका छन् । नासाको जोनसोन स्पेस सेन्टरले शुक्रबार क्यालिफोर्नियामा ब्रसको निधन भएको पुष्टि गरेको छ । सेन्टरले मृत्युको कारण भने खुलाएको छैन ।

१९८४ मा पहिलो पटक अन्तरिक्षमा स्वतन्त्र हिँडडुल गर्दै अन्तरिक्ष यात्री ब्रस म्याकक्याण्डलेस ।

२००६ मा लिएको एक अन्तरवार्तामा ब्रुसले ऐतिहासिक स्पेसवाकको समयमा आफूलाई डर नलागेको बताएका थिए । ‘म पूर्ण रुपमा तालिम प्राप्त थिएँ । म त्यहाँ यानबाट बाहिर निस्केर उड्ने कुरामा मात्रै चिन्तित थिएँ । मैले त्यो बेलामा सहज महशुस गरेको थिएँ । त्यहाँ यति धेरै चिसो चियो कि जाडोले मेरो दाँत किटकिटाएको थियो र म कामिरहेको थिएँ । तर यो सामान्य कुरा थियो ।’ डेलि क्यामरासँगको अन्तरवार्तामा उनले यस्तो भनेका थिए ।

सो समयमा ब्रुसको साथमा अर्का अन्तरिक्ष यात्री रोबर्ट स्टेवार्ट पनि थिए । स्टेवार्ट एक घण्टासम्म अन्तरिक्षको स्वतन्त्र यात्री गर्ने दोस्रो व्यक्ति बने ।