३० आश्विन २०८३, शुक्रबार

कम्युटरमा ब्लू फिल्म भेटिएपछि उपप्रधानमन्त्री पद मुक्त

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ७ पुस । बेलायती प्रधानमन्त्री थेरेसा मेलाई झट्का लागेको छ । उनको निकट मानिएका क्याबिनेटका सदस्य तथा उपप्रधानमन्त्री ड्यामियन ग्रीनले पार्नोग्राफी प्रकरणमा क्याबिनेटबाट राजीनामा गर्न बाध्य भएपछि मेलाई झट्का लागेको हो ।

ग्रीनले उनको संसदीय कम्प्युटरमा पोर्नोग्राफी भेटिएको विषयमा सर्वसाधारणलाई झुक्याएको छानविनले ठहर गरेपछि उनले आफ्नो पदबाट राजीनामा गरेका हुन् ।

यौन दुर्व्यवहार र आचरणको अभियोगमा मेको क्याबिनेटबाट राजीनामा गर्ने ग्रीन दोस्रो मन्त्री हुन् ।

गत महिना क्याबिनेट सदस्य प्रिती पटेलले इजरायली अधिकारीहरूसँग गोप्य मिटिङ गरेको आरोपमा राजीनामा दिनुपरेको थियो ।

छानविनबाट ग्रीनले सन् २००८ मा उनको संसदमा रहेको कम्प्युटरमा पोर्नोग्राफी भेटिएको विषयमा ‘गलत र भ्रमपूर्ण’ वक्तव्य दिएको खुलासा भएको छ ।

राजीनामा पत्रमा ग्रीनले आफ्नो राजीनामा मागिएकोमा दुःख व्यक्त गर्दै आफ्नो हर्कतका लागि माफी मागेका छन् । मन्त्री पदमा राजीनामा दिए पनि उनी सांसदको रुपमा भने कायम रहनेछन् । – एजेन्सी