काठमाडौं, ७ पुस । अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आफ्नो लोकप्रिय प्यासेन्जर कार सेलेरियोको नयाँ फेसलिफ्ट भर्जन नेपाली बजारमा ल्याएको छ ।
फेमली कारका रूपमा सार्वजनिक गरिएको सेलेरियोमा पारिवारिक आवश्यकतालाई विशेष ध्यान दिइएको छ । नयाँ सेलेरियोमा परिलक्षित तथा प्रमाणित अवार्ड विजेताको १० इन्जिनको प्रयोग गरिएको छ ।
सो इन्जिनले ६८ पीएसको अधिकतम शक्ति उत्सर्जन गर्दै श्रेणीमै सर्वाधिक दाबी गरिएको २३ दशमलव १ किलो मिटर प्रतिलिटर माइलेज दिने क्षमता राख्ने पनि कम्पनीले जनाएको छ ।
सार्वजनिक नयाँ फेसलिफ्ट कारमा समय सापेक्ष रूपमा नयाँ फ्रन्ट ग्रिल र स्टाइलिस फ्रन्ट बम्पर एसेम्ब्लीको प्रयोग गरिएको छ । कारको पछिल्लो भागमा गरिएको परिमार्जनले नयाँ कारलाई पुरानाका तुलनामा हेर्दा फराकिलो लुक्स प्रदान गरेको छ ।
सार्वजनिक नयाँ कार बाहिरबाट हेर्दा मात्र ट्रेन्डी नभई कारको भित्री सजावटमा समेत आरामदायी अनुभव दिने सोचका साथ उपयुक्त सिट तथा फेब्रिक्सको प्रयोग गरिएका दाबी कम्पनीले गरेको छ ।
आकर्षक डिजाइनका साथै कार्य प्रदर्शनीलाई विशेष ध्यानमा राखी यसमा आरामदायी परिचालन अनुभवका लागि विभिन्न फिचर्स पनि समाहित गरिएका छन् ।
यसमा १ सय ७० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स, ४ दशमलव ७ मिटरको न्यूनतम टर्निङ रेडियस छ । २ हजार ४ सय २५ एमएमको ठूलो ह्वील बेस, आवश्यकताअनुसार समायोजन गर्न मिल्ने एड्जस्टेबल सिट, विद्युतीय माध्यमबाट समायोजन गर्न सकिने ओआरभीएम्स, अटो डाउन ड्राइभर पावर विन्डो, किलेस इन्ट्री, इलेक्ट्रिक पावर स्टेरिङ, पावरफुल एयर कन्डिसनिङ, २ डिन संगीत प्रणाली, ब्लुटुथ ह्यान्ड्स फ्री प्रणालीलगायत फिचर्सहरू उपलब्ध रहेका छन् ।
कारका हरेक भ्यारिन्टमा स्ट्यान्डर्ड ड्राइभर एयरब्याग उपलब्ध गरिएका छन्, एन्टिलक ब्रेकिङ प्रणाली, फोर्स लिमिटर तथा प्री टेन्सनर सुविधासहितको ईएलआर सिट बेल्ट पनि कारमा जडान गरिएको छ ।
दुर्घटना हुँदा बटुवाहरूको सुरक्षार्थ घाँटी तथा टाउकोमा लाग्ने चोटपटक न्यूनीकरणका लागि प्रयोग हुने सुरक्षा फिचर्स उपलब्ध केही कारमध्ये यो पनि एक भएको दाबी कम्पनीले गरेको छ ।
कार चोरीलगायतबाट सुरक्षा प्रदान गर्ने सोचका साथ यसमा इम्मोबलाइजर तथा सुरक्षा प्रणाली पनि जडान गरिएको विज्ञप्तिमा उल्लेख छ ।
चार वर्षे वारेन्टी तथा ८ निःशुल्क सर्भिसिङ सुविधासहित उपलब्ध हुने कारको सुरुवाती मूल्य कम्पनीले २३ लाख ३९ हजार रुपैयाँ निर्धारण गरेको छ ।















प्रतिक्रिया