काठमाडौँ, ६ पुस । ग्लोबल आईएमई बैंकल बुधबार तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका–७ लसुनेमा ५६ औँ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र लालिगुराँस नगरपालिकाका मेयर अर्जुन बाबु माबुहाङले संयुक्त रुपमा व्यवसायिक प्रतिनिधिलाई प्रमाण पत्र हस्तान्तरण गरि उक्त शाखारहित बैकिङ्ग सेवाको उद्घाटन गरेका थिए ।
तेह्रथुममा सुरु गरिएको सेवाको लागि स्थानिय अर्जुन श्रेष्ठलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको यस क्षेत्रका बासिन्दा बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल बैंकले सो स्थानमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो । उक्त शाखारहित बैंकिङ सेवा उद्घाटन समारोहमा स्थानियको उल्लेख्य सहभागिता रहेको थियो ।
ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । बैंकको हाल १०८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२६ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५६ शाखा रहित बैंकिङ सेवा रहेका छन् । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त भाईवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइनलगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।















प्रतिक्रिया