काठमाडौँ, ६ पुस । नेपाल टेलिकमले जाडो मौसमका लागि विभिन्न प्रकारको ‘विन्टर अफर’ उपलब्ध गराएको छ । उक्त अफर पुस ७ गते शुक्रबारदेखि लागू हुने टेलिकमले जनाएको छ ।
शुक्रबारबाट सुरु हुने सो अफर आगामी माघ २१ गते सम्म कायम रहने टेलिकमकी सह–प्रवक्ता शोभन अधिकारीले बताए । कम्पनीले विभिन्न प्रकारका डाटा प्याक र बोनसको रुपमा डाटा स्ट्रिमिङ प्याक समेत उपलब्ध गराएको उनले बताए । डाटा स्ट्रिमिङ प्याक युट्युब र वाउटाइम एप्समार्फत टिभी हेर्नका लागि प्रयोग गर्न सकिने अधिकारीको भनाइ छ । टेलिकमले उपलब्ध गराएको विन्टर आफरहरुमा विन्टर अल टाइम डाटा प्याक, विन्टर नाइट डाटा प्याक, विन्टर फेसबुक/इन्स्टाग्राम प्याक, एसएमएस प्याक रहेका छन् ।















प्रतिक्रिया