१४ कार्तिक २०८३, शनिबार

गगन थापा कांग्रेस संसदीय दलको नेता !

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कांग्रेसका युवा नेताहरुले पार्टी नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न अभियान नै चलाउन लागेका छन् ।

कांग्रेसका युवा नेताहरुले बुधबार राजधानीमा बैठक नै गरेर यस्तो अभियान चलाउने घोषणा गरेका हुन् । उनीहरुले युवा नेता गगन थापालाई संसदीय दलको नेता बनाउन पनि जोड दिएका छन् ।

केन्द्रीय सदस्य चन्द्र भण्डारीको संयोजनमा बसेको बैठकमा नेताहरु गगन थापा, धनराज गुरुङ, बद्रि पाण्डे, गुरु घिमिरे, महादेव गुरुङ, जीवन परियार, प्रदीप पौडेल, उमेशजंग रायमाझी, रामहरि खतिवडा, सुवास पोखरेल, उज्ज्वल बराल लगायत सहभागी थिए ।

नेता भण्डारीले पार्टीमा आमुल सुधारका लागि विचारसहितको कार्यक्रम लिएर युवाहरु अघि बढ्ने उद्देश्यसहित छलफल थालिएको बताएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।