२ कार्तिक २०८३, सोमबार

जाडोमा बढ्न सक्छ हृदयघातको जोखिम

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । देशभर जाडो बढ्ने क्रममा छन् । जाडोमा रुघा खोकी त सामान्य नै हो । तर जाडोको समयमा स्वास्थ्यको ख्याल गरिएन भने हृदयघातको जोखिम पनि बढ्न सक्छ ।

चिसोका कारण शरीरमा रगतका नसा खुम्चिन्छन् । जसकारण हृदयघात तथा मस्तिष्क घात हुने सम्भावना बढाउँछ । मुटुको समस्या भएका मानिसहरुलाई निमोनिया, उच्च रक्तचापको समस्या बढी चिकित्सकहरु बताउँछन् । विभिन्न अध्ययनले पनि चिसो समयमा नै हृदयघात हुने र मुटुका बिरामी समस्यामा पर्ने गरेको देखाएको छ । चिसोको कारणले फोक्सोमा असर पर्ने हुनाले रक्तसञ्चार प्रवाहमा असर पर्न जान्छ । जसले गर्दा मुटुका रोगीलाई समस्या हुने चिकित्सकहरुको भनाइ छ । त्यसकारण पनि जाडोयाममा न्यानो गरी बस्न अति आवश्यक छ । –एजेन्सी