१ कार्तिक २०८३, आइतबार

ग्रुप च्याटमा पनि व्यक्तिगत च्याट गर्न मिल्ने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ६ पुस । ह्वाट्सएपले ग्रुप च्याटमा पनि व्यक्तिगत रूपमा च्याट मिल्ने फिचरसहितको नयाँ अपडेट ल्याउने भएको छ ।

यसले प्रयोगकर्तालाई ग्रुप च्याटमा कुराकानी गरिरहेका बखत कुनै व्यक्तिसँग छुट्टै च्याट गर्ने सुविधासमेत दिनेछ ।

ह्वाट्सएपले भिडियो कल गरिरहँदासमेत म्यासेजमा कुरा गर्न मिल्ने सुविधा पनि थप्दैछ ।

एन्ड्रोइडका लागि नयाँ आउने अपडेटमा च्याटमा कुनै आपत्तिजनक शब्द प्रयोग गरे तत्काल रिपोर्ट गर्न मिल्ने सुविधा पनि हुने विबेटाइन्फोले जनाएको छ ।

विबेटाइन्फो ट्वीटर ह्यान्डल हो जसले ह्वाट्सएपमा आउने अपडेटको पूर्वजानकारी दिने गर्छ । – एजेन्सी