३० आश्विन २०८३, शुक्रबार

४० वर्षपछि अन्ततः घर फिर्ता, अपहरित काउलाको दर्दनाक कथा

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इष्ट टिमोर, ५ पुस । काउला ३९ वर्षपछि घर फर्किएकी छिन् । उनलाई स्कुलबाट घर तर्फ आउँदै गर्दा इण्डोनेशियन सैनिकले उनलाई अपहरण गरेको थियो ।

अपहरणमा पर्दा उनी मात्रै ८ वर्षकी थिइन् । अपहरणमा पर्दा विरोधमा सैनिकको काँधमा टोकीदिएको काउलालाई अझैपनि सम्झना छ । उनी अपहरणमा परेको केही दिनमा नै उनको परिवारलाई यसबारे सहमती गर्न बाध्य बनाइएको थियो । अपहरण गरेर उनलाई नजिकैको सैनिक क्याम्पमा राखिएको थियो । र लगत्तै उनलाई सुलावेसीस्थित इण्डोनेशियन टापुमा लगियो, जहाँ उनले बाँकी जीवन बिताइन् ।

काउला सन् १९७८ मा अपहरित भएकी थिइन्, जतिबेला पोर्चुगिज कोलोनीको रुपमा रहेको टिमोर लेस्टेमा २४ वर्षे इण्डोनेशियन सैनिक कब्जाको सुरुवाति दिन थियो ।

तर अन्ततः पछिल्लो महिना ४७ वर्षीय अपहरित काउला घर फर्किइन् । उनी अपहरित हुँदाको दुरुपयोग र मन दुख्ने पिडा लिएर घर फर्किइन् । अपहरण गरेर उनलाई सैनिकको धर्म पुत्री बनाइएको भएपनि उनी दिनहुँ जसो कुटिइन्थिन् । उनलाई खाना पकाउन र काम गर्नको लागि बाध्य बनाइन्थ्यो । त्यतिमात्रै नभई सैनिककी पत्नी र परिवारले उनलाई चुरोटले पोलिदिन्थे पनि ।

३९ वर्ष पछि काउला आफ्नी आमा र दाईसँग ।

उनी क्याथोलिकबाट इस्लाम भइन् र हिजाब लगाउन सुरु गरिन् । उनलाई केही समयपछि मद्रासामा रहेको सैनिककी बहिनीको घरमा लगियो । जहाँ सैनिककी बहिनीले उनलाई आफ्नो मृत्युपछि आफ्ना श्रीमान्सँग विवाह गर्न भनिन् ।

छोटकरीमा भन्दा काउला अपहरणकारीको ज्वाईकी दोस्रो श्रीमति, दुई बच्चाकी सौतनी आमा, इस्लामकी भक्त तथा समर्पित गृहणी बनाइन् । उनले यसरी नै आफ्नो जीवन काट्नुपर्ने हुन्थ्यो यदि उनलाई एक संस्थाले अपहरित टिमोरिज बालबालिकाहरुलाई उद्धार गरेर परिवारसँग पुनर्मिलन गराउने अभियान नचलाएको भए । टिमोर–लेस्टे सत्य आयोगको २००५ को तथ्यांकका अनुसार काउलाको जस्ता ४ हजार घटना छन् ।

‘जहाँ जहाँ सैनिक छन्, त्यहाँ अपहरित बालबालिका छन्’, पुनर्मिलनको अभियान चलाएको ‘एशिया न्याय र अधिकार’ नामक संस्थाका निर्देशक गुलाह वाण्डिताले भने । पछिल्लो महिना काउलाले आफ्नो बर्लियोमा रहेको घरमा फिर्ता हुने यात्रा सुरु गरेकी थिइन् । काउला घर फर्कदाँ उनलाई हेर्नेको गाउँमा भीड लागेको थियो ।

(द गार्डियन पत्रिकाका लागि कृथिका भरागुरको रिपोर्टको छोटो अंश, तस्विरः द गार्डियन)