२ कार्तिक २०८३, सोमबार

देउवा सरकारका मन्त्री वाम गठबन्धनमा प्रवेश !

44.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रहेका तत्कालिन लोकतान्त्रिक फोरमका नेता जितेन्द्र देव वाम गठबन्धनमा प्रवेश गर्ने भएका छन् ।

उच्च स्रोतका अनुसार मन्त्री देव वाम गठबन्धन रहेको नेकपा माओवादी केन्द्रमा प्रवेश गर्न लागेका हुन् । यसका लागि उनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समझदारी समेत भइसकेको छ ।

विजय गच्छदार नेतृत्वको तत्कालिन नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा विलय भएपछि देवले माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी थालेका थिए । तर, माओवादीले एमालेसँग गठबन्धन गरेपछि देवले मन्त्री पद जोगाउन प्रवेश गरेनन् । कांग्रेसमै रहिरहे ।

अहिले निर्वाचनमा कांग्रेसको लज्जास्पद हार भएपछि पार्टीभित्र आफ्नो भूमिका त्यति नहुने बुझेपछि देव अहिले कांग्रेस छोडेर माओवादीमा प्रवेश गर्ने निष्कर्षमा पुगेका हुन् ।