काठमाडौं, ४ पुस । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १–१ रुपैयाँले वृद्धि गरिएको हो ।
नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ७८–७८ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत छ ।
मंसिर २२ मा इन्धनको मूल्य बढाएको निगमले १५ दिन नवित्दै दोस्रो पटक मुल्य वृद्धि गरेको छ ।















प्रतिक्रिया