२ कार्तिक २०८३, सोमबार

नेपाली कांग्रेसः चर्चित हस्तीहरु हारे, तर सांसद बन्ने भए यी भाग्यमानी उद्योगी

14.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा देशकै पूरानो पार्टी नेपाली कांग्रेसले नराम्रो पराजय भाग्यो । अधिकांश चर्चित हस्तीहरु पराजित भए । प्रत्यक्षतर्फ तेस्रो पार्टी नै बन्न पुग्यो । तर, समानुपातिकतर्फ भने एमालेकै हाराहारीमा मत ल्याएर थोरै मतले दोस्रो बन्न पुगेको छ ।

समानुपातिकतर्फ पाएको मतबाट कांग्रेसको भागमा ४० सीट परेको छ । ४० मध्ये ३३ प्रतिशत महिलाको प्रतिनिधित्व अनिवार्य गराउनुपर्ने संवैधानिक बाध्यताका कारण २१ महिला र १९ पुरुष समानुपातिक सांसद बन्नेछन् । कांग्रेसको समानुपातिक सूचीमा १८ जना नेता र ७ वटा उद्योगीहरुको नाम रहेको छ । १९ पुरुषमध्ये ७ उद्योगीलाई अटाउनुपर्ने चुनौति कांग्रेसलाई छ । स्रोतका अनुसार सभापति शेरबहादुर देउवाले केही नेतालाई रोकेर सबै उद्योगीलाई सांसदमा व्यवस्थापन गर्ने रणनीति लिएका छन् ।

को को छन् सांसद बन्न पाउने भाग्यमानी उद्योगीहरु ?

नेपालका एकमात्र अर्बपति उद्योगपति विनोद चौधरी, उद्योगीहरु दीपमणी राजभण्डारी, उमेश श्रेष्ठ, देवी भट्टचन्द, कर्मा घले, सूर्यबहादुर केसी र आनन्दराम मुल्मी कांग्रेसको समानुपातिक सूचीमा अटाएका नाम हुन् । यी ७ जना नै सांसद बन्ने सम्भावना बलियो बनेको हो । उनीहरुलाई जनजाती, मधेसी, खस आर्यको कोटाबाट ल्याउने गरि नेताहरुबीच छलफल भइरहेको छ ।

उमेश श्रेष्ठलाई सभापति शेरबहादुर देउवा, दीपमणी राजभण्डारीलाई रामचन्द्र पौडेल, डा रामशरण महतले साथ दिएका छन । चौधरी सर्वसम्मत नामका रुपमा रहेका छन् । अरु उद्योगीका विषयमा पनि नेताहरु सकारात्मक रहेकाले सबै जना अटाउने देखिएको स्रोतको दाबी छ ।