१४ कार्तिक २०८३, शनिबार

चुनावी हारपछि विछिप्त बनेकी आरजु म्याम सुटुक्क किन पुगिन् दिल्ली ?

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । वाम गठबन्धनका अगाडी कांग्रेसका उम्मेदवार निरीह हुने अनुमानबीच प्रधानमन्त्री शेरबहादुर देउवाकी शक्तिशाली पत्नी आरजु राणा देउवाले जित्ने विश्वास ब्यक्त गरेकी थिइन् ।

आफ्नो जितमा पुर्णरुपमा विश्वस्त देखिएकी उनले आफुलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्दै मत मागे पनि उनको भागमा अन्नतः उही पराजय नै पर्यो ।

चुनावी हारपछि विछिप्तप्रायः बनेकी तिनै आरजु धनगढी, महेन्द्रनगर र बनबास हुँदै सुटुक्क भारतको नयाँ दिल्ली पुगेर फर्केको खबर छ । स्रोतका अनुसार, ०७४ मंसिर २३ गते आरजु धनगढीबाट वनवासा हुँदै नयाँ दिल्ली पुगेकी हुन् ।

एमालेका नारदमुनि रानासँग फराकिलो मतान्तरमा पराजित भएकी आरजु हारको पीडा सहन नसकेर हो या अरु कुनै कारणले त्यता पुगिन ?  साँघु साप्ताहिक यो खबर लेखेको छ ।