काठमाडौं, २ पुस । नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले कैलाली १ बाट निर्वाचित टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीलाई विजयी प्रमाणपत्र दिन माग गरेको छ ।
महासंघका अध्यक्ष देवराज राई र महासचिव शिवकुमार भुजेलले आइतबार कतारस्थित दोहाबाट एक विज्ञप्ति जारी गर्दै चौधरीलाई तत्काल विजयी प्रमाणपत्र दिन निर्वाचन आयोग र सरकारको ध्यानाकर्षण गराएको हो ।
चौधरीलाई विनाशर्त विजेता प्रमाणपत्र नदिए प्रवासबाटै संघर्ष गर्ने र जुनसुकै कदम चाल्न पछि नपर्ने चेतावनी दिइएको छ ।
हेर्नुस् विज्ञप्तिः

















प्रतिक्रिया