काठमाडौं, २ पुस । राज्यबाट ठगिएका नेपाल प्रहरीका पूर्व एसएसपी यादवराज खनालमाथि ठूलो बज्रपात परेको छ । उनी पत्नी शोकमा परेका हुन् ।
उनकी धर्मपत्नी कामना खनाल भट्टको ५१ वर्षको उमेरमा बिहीबार निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित कामनाले अकालमै मृत्युवरण गरेकी हुन् । अहिले खनाल परिवार शोकमा डुबेको छ ।
पूर्व एसएसपी खनाल शक्तिकेन्द्रको कोपभाजनमा परी जबर्जस्ती अवकाश लिन बाध्य बनाइएका प्रहरी अफिसर हुन् । राज्यबाट ठगिएका उनलाई भाग्यले पनि ठगेको छ । उनकी पत्नी कामनालाई दैबले चुँडेर लग्यो ।















प्रतिक्रिया