१४ कार्तिक २०८३, शनिबार

सत्ता समीकरणका विकल्प, तीन सम्भावना

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । मुलुकभर वाम दलका पक्षमा देखिए पनि तराई मधेसका ८ जिल्ला समेटिएका प्रदेश नम्बर २ का मतदाताले भने संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी राजपाको मधेस गठबन्धन पक्षमा अभिमत जाहेर गरेका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।

२ नम्बर प्रदेशमा सरकार गठनका लागि फोरम राजपा गठबन्धनले प्रत्यक्ष निर्वाचनबाट बहुमत पाइसकेको छ ।

कुनै एउटा दललाई मात्र प्रादेशिक सत्ता चलाउने जनमत भने प्राप्त छैन ।

समानुपातिक निर्वाचनतर्फको नतिजा आउन बाँकी छ ।

तीन सम्भावना

फोरम–राजपा गठबन्धन सरकार
फोरम–वाम गठबन्धन सरकार
राजपा–वाम गठबन्धन सरकार

केन्द्रमा सत्ता समीकरणले पनि प्रभाव पार्न सक्छ

केन्द्रमा हुने सत्ता समीकरणले पनि प्रदेश २ मा राजपा फोरम गठबन्धनको भविष्य निर्धारण गर्ने बुझाई छ ।