२ कार्तिक २०८३, सोमबार

चुनावपछिको भेटमा भक्कानिदै रोए महामन्त्री राजेन्द्र लिङदेन, भावुक बने कमल थापा (भिडियो)

10.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– राजकुमार ओली

विर्तामोड, १ पुस । झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राप्रपा महामन्त्री राजेन्द्र लिङदेन भक्कानिदै रोएका छन् । राप्रपा झापा जिल्ला समितिले शनिवार विर्तामोडमा आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष कमल थापासँग भेट गर्दा लिङदेन भक्कानिएका हुन् ।

 

कार्यक्रममा बोल्दै महामन्त्री समेत रहेका राजेन्द्र लिङ्देनले आफू हारेर पनि मलाई जिताउन सहयोग गरेको भन्दै अध्यक्ष कमल थापाप्रति नतमस्तक रहेको बताए । भक्कानिदै बोलेका महामन्त्री लिङ्गदेनले थापाले लगाएको गुण तिर्न आफू सधैभरि कृतज्ञ रहने प्रतिबद्धता जनाए । लिङ्देन भावुक भएर बोलिरहँदा खचाखच भरिएको विर्तामोडको सभाहल तालीमय भएको थियो ।

पराजयको जिम्मा म लिन्छुः अध्यक्ष थापा

कार्यक्रममा अध्यक्ष थापाले राप्रपाको पराजयलाइ आफूले जिम्मा लिएको जानकारी गराउँदै अब गम्भीर रुपमा समिक्षा गरेर अघि बढ्न नयाँ शिराबाट अध्ययन गरिने बताए । देशभरबाट विजय भएका एकमात्र उम्मेदवार एवं पार्टीका महामन्त्री लिङ्गदेनलाई बधाई दिँदै अध्यक्ष थापाले अब राजेन्द्र एक्लैले सँसदमा मुकाविला गर्ने र पार्टीका पहिचानलाई जोगाएर राख्नेमा विश्वास व्यक्त गरे ।

‘हो साँच्चै पराजय भएको छ । हामीहरु सोच्न बाध्य भएका छौं, कि जनताले पत्याएनन, की हामीले बोकेको नीति कार्यक्रम असफल भयो । जरुर समिक्षा गर्नेछौं । हामी कुनै हालतमा पनि डगमगाएका छैनौ, आत्मविश्वास छ । हामी एकदिन जरुर जित्नेछौं । भोलिको राप्रपालाई हाक्ने मान्छे राजेन्द्र भाई नै हो । राजेन्द्र लिड्गेदेनले पार्टीको छवि बचाइदिनुभएको छ । धेरैधेरै धन्यवाद राजेन्द्र,’ भावुक हुँदै कमल थापाले बोलिरहँदा राजेन्द्र झन भावुक देखिन्थे

हेर्नुस् भिडियोः