२ कार्तिक २०८३, सोमबार

प्रचण्डलाई भेट्न साथ राष्ट्रपतिलाई भेट्न किन पुगे ओली ?

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी सरकारका पछिल्ला निर्णय र गतिविधिका बारेमा ध्यानाकर्षण गराएका छन् ।

चुनावपछि प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले सत्ता हस्तान्तरण गर्ने वातावरण सिर्जना गर्नुको सट्टा आलटाल गरिरहेकोमा ओलीले राष्ट्रपति भण्डारीलाई ध्यानाकर्षण गराएका हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार साँझ भेट भएको भेटमा सरकारी गतिविधि, नयाँ सरकार गठन लगायतका विषयमा छलफल भएको थियो ।

राष्ट्रपतिलाई भेट्नुअघि एमाले अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको थियो । सोही भेटको सन्देश लिएर ओली राष्ट्रपतिलाई भेट्न पुगेका हुन् ।

यसअघि बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिलाई भेटेका थिए ।