१४ कार्तिक २०८३, शनिबार

नेपालको निर्वाचनबारे भारतले दियो प्रतिक्रिया

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । विगतका चुनावी नतिजा पूर्ण रुपमा सार्वजनिक हुन नपाउँदै निर्वाचनको स्वागत गर्ने भारतले यसपटक केही दिन ढिलो मात्रै चुनावको स्वागत गरेको छ ।

प्रतिनिधिसभाका सबै स्थानको निर्वाचन परिणाम सार्वजनिक भएको एक दिनपछि भारतले आफ्नो धारणा सार्वजनिक गरेको हो । नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ ।

निर्वाचनको स्वागत गर्दै भारतले नयाँ सरकारसँग काम गर्न सरकार आतुर रहेको जनाएको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले भने, ‘नेपालमा शान्ति, स्थिरता र आर्थिक सम्वृद्धि होस् भन्ने हाम्रो चाहना छ । लोकतान्त्रिक प्रक्रियाबाट आउने नयाँ सरकारसँग मिलेर काम गर्न भारत आतुर छ । दुवै मुलुकबीच वर्षौ पुरानो घनिष्ठ सम्बन्ध रहेको छ । नेपालको आर्थिक सम्वृद्धि र नेपाल भारत सम्बन्धका सबै पक्षमा सहयोग गर्न भारत तयार छ ।’