२ कार्तिक २०८३, सोमबार

जाँदाजादै देउवाले ५० लाखमा बेचे चलचित्र विकास बोर्डको कुर्सी, सुचित्राले गरिन खुलासा

22.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीरमा क्रमशः चलचित्र विकास बोर्डकी नवनियुक्त अध्यक्ष निकिता पौडेल, प्रधानमन्त्री देउवा र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ

काठमाडौं, २७ मंसिर । वाम गठबन्धनले दुईतिहाई बहुमत ल्याई नयाँ सरकार बनाउने अवस्था आइरहँदा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले चलचित्र विकास बोर्डको कुर्सी ५० लाखमा बेचेको खुलासा भएको छ । सत्ता छाड्ने समय आइरहँदा देउवाको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद बैठकले बोर्डको अध्यक्षमा निकिता पौडेललाई नियुक्त गरेको थियो ।

निकिताको नियुक्तिसँगै नेपाल निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठले यस्तो खुलासा गरेकी हुन् । उनले ५० लाखमा चलचित्र विकास बोर्डको कुर्सी अनुभव नै नभएको मान्छेलाई बेचिएको भन्दै ‘एउटा नियुक्ति ५०००००० (पचास लाख) अनि कांग्रेसले के जित्नु’ भन्ने फेसबुक पोस्ट अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । साथै देउवा नेतृत्वको सरकारको कडा आलोचना समेत भइरहेको छ ।

घनश्याम तिमल्सिना कांग्रेसको आलोचना गर्दै लेख्छन्– कार्यकाल समाप्तीको मुखैमा आयर सञ्चारमन्त्रीले ५० लाख लिएर चलचित्र विकास बोर्डको अध्यक्षको जिम्मेवारी अनुभवविहिन एक पात्रलाई दिएको विषयमा निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठको स्टाटस यतिखेर भाइरल भएको छ । सत्य के हो ? तुरुन्तै जनतामाझ आओस् ।’

प्रधानमन्त्री देउवाको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद बैठकमा सञ्चारमन्त्री मोहन बस्नेतले निकिता पौडेललाई चलचित्र विकास बोर्डको अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए । प्रस्तावलाई सर्वसम्मत पारित गर्दै बोर्डको कुर्सी निकितालाई जिम्मा लगाइयो ।

उनले बोर्डको कुर्सी पाउन ५० लाख रुपैयाँ तिर्नुपरेको तथ्य अहिले बाहिर आएको हो ।

निकिता चलचित्र उत्पादक तथा वितरक गोपीकृष्ण मुभिजका सञ्चालक एवं कमल थापा नेतृत्वको राप्रपाका कोषाध्यक्ष उद्धव पौडेलकी छोरी हुन् ।

यस्तो छ सामाजिक सञ्जालका केही प्रतिक्रियाः