काठमाडौं, २६ मंसिर । निर्वाचनमा आफ्नै पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध अन्तर्घात गरेको भन्दै नेपाली कांग्रेस तनहुँले पार्टीका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी र अन्य २ जनालाई कारबाहीको सिफारिस गरेको छ ।
तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलबिरुद्ध बागी उम्मेदवारी दर्ता गराएर निर्वाचन आयोगले खारेज गरेपछि जोशीले विपक्षी पार्टीलाई जिताउन भूमिका खेलेको भन्दै कारबाहीका लागि केन्द्रमा सिफारिस गरिएको कांग्रेस तनहुँ सभापति वैकुन्ठ न्यौपानेले जानकारी दिए ।
विपक्षी पार्टीका उम्मेदवारलाई जिताउन लागेकाले जोशी र उनका समर्थक, प्रस्थावकलाई कारबाही सिफारिस गरिएको उनको भनाई छ । पौडेललाई हराउन जोशी योजनावद्ध रुपमा लागेको कांग्रेस तनहुँको ठहर छ ।
पार्टी सभापति न्यौपानेका अनुसार जोशीसँगै प्रस्थावक, समर्थक हरिशरण पाण्डे र रामवेदव पन्थलाई पनि कारबाही सिफारिस गरिएको छ ।
















प्रतिक्रिया