१४ कार्तिक २०८३, शनिबार

सोल्टी होटेलको क्यासिनोमा प्रहरीको छापा

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ मंसिर । लामोसमय बन्द भएर खोलिएका क्यासिनोहरुमा अहिले नेपालीहरुको भिडभाड बढेको छ । नेपालीलाई क्यासिनो प्रवेशमा रोक लगाइएता पनि प्रहरीकै सेटिङमा चोरबाटो क्यासिनो प्रवेश गराई जुवा खेलाउने गरेको रहस्य प्रहरीले नै उजागर गरेको छ ।

महानगरीय प्रहरी परिसर टेकुले गोप्य सूचनाको आधारमा क्यासिनो माजोङमा छापा मारी १९ नेपालीलाई पक्राउ गरेपछि यो रहस्यको खुलासा भएको हो । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

प्रहरी प्रशासन निर्वाचनमा होमिएको बेला कालीमाटि बृत्तका प्रमुखको सेटिङमा नेपाली जुवाडेहरुलाई होटल सोल्टीमा सञ्चालित क्यासिनो माजोङमा प्रवेश गराई खुलम खुल्ला जुवा खेल्ने वातावरण मिलाइएको स्रोतको दावी छ ।

कालिमाटी बृत्तका प्रहरी, जुवाडे र जुवाडेलाई महंगो ब्याजदरममा लगानी गर्ने दलालहरुको सेटिङमा क्यासिनोको नक्कली कर्मचारीको कार्ड बनाई प्रवेश गराउने गरिएको हो ।

काठमाडौं प्रहरी परिसरका प्रमुख रवीन्द्र धानुकले गैरकानूनी रुपमा क्यासिनो प्रवेश गरी जुवा खेल्ने जुवाडे र खेलाउनेसहित १९ जनालाई पक्राउ गरेका बताए ।

परिसरबाट खटिएको प्रहरी टोलीले क्यासिनो माजोङबाट जुवा खेल्दै गरेका १२ जना र जुवा खेल्न क्यासिनो प्रवेश गराउने कर्मचारी तथा जुवा खेलाउने ११ जनालाई बिहान ३ बजे पक्राउ गरेको थियो । परिसरले पक्राउ परेका २३ जनामध्ये चारजना विदेशी रहेकाले उनीहरुलाई छाडिएको र बाँकी १९ जना नेपालीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

परिसरका प्रमुख धानुकले पक्राउ परेकासँग चार लाख ४३ हजार २४६ नेपाली रुपैयाँ, भारतीय रुपैयाँ १००, अरेवियन दिनार १००, अमेरिकन डलर १३०, एक हजार दरका सिक्का २७ थान, ५०० दरका सिक्का दुई थान, १०० दरका सिक्का छ थान र सात लाख नेपाली रुपैयाँको चेक एक थान बरामद गरेको बताए ।