१४ कार्तिक २०८३, शनिबार

ओलीले निर्वाचन अगाडि बोलेको कुरा पुग्ने भयो, के बोलेका थिए ओलीले ?

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ मंसिर । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये सोमबार राति ११ बजेसम्म १ सय ५८ स्थानको नतिजा सार्वजनिक भएको छ ।

घोषित परिणामअनुसार एमाले-माओवादीको वाम गठबन्धनले दुई तिहाइ स्थानमा जित हासिल गरेका छन् । एमालेले सबैभन्दा बढी ७६ र माओवादीले ३६ गरी कुल १ सय १२ स्थान जितेका हुन् ।  अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

त्यसैगरी, कांग्रेसले २१, संघीय समाजवादी फोरमले १० र राजपाले १० स्थानमा जित हात पारेका छन् । नयाँशक्ति, राजमो, नेमकिपा र राप्रपाले एक-एक स्थानमा जित निकालेका छन् भने एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । अब ७ स्थानको मात्रै नतिजा आउन बाँकी छ। नतिजा आउन बाँकीमध्ये पाँच स्थानमा एमाले र दुई स्थानमा राजपाको अग्रता छ ।

३ सय ३० सिटको प्रदेशसभामा भने वाम गठबन्धनले २ सय २७ र कांग्रेसले ३९ स्थान जितेका छन् । त्यसैगरी, संघीय समाजवादी फोरम नेपाल २२, राष्ट्रिय जनता पार्टी नेपाल १५, राष्ट्रिय जनमोर्चा नेपाल २, नयाँ शक्ति २, नेमकिपा १ र स्वतन्त्र २ सिटमा विजयी भएका छन् । अन्य क्षेत्रको मत गणना जारी छ ।