काठमाडौं, २५ मंसिर । मेगा बैंक नेपाल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा अनुपमा खुञ्जेली नियुक्त हुनुभएको छ ।
मेगा बैंक संचालक समितिको बैठकले खुञ्जेलीलाई निमित्त प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । उहाँ मेगा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो ।
सन् १९९१ मा तत्कालिन ग्रिनलेज बैंक अर्थात अहिलेको स्ट्यान्डर्ड चार्टड बैंकबाट करिअर सुरु गर्नुभएकी खुञ्जेलीसँग २७ बर्ष बैंकिङ करिअरको अनुभव छ । उहाँ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत हुनुहुन्छ ।















प्रतिक्रिया