काठमाडौं, २५ मंसिर । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका गौरीशंकर चौधरी २४ हजार ८७९ मत प्राप्त गरी विजयी भएका छन् ।
चौधरीका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामजनम चौधरीले २० हजार ४९४ मत प्राप्त गरेका छन् । ०४६ को परिवर्तन यता भएका निर्वाचनमा विजयी हुँदै आएका कांग्रेस नेता रामजनमको यो निर्वाचनमा विजयी यात्रा रोकिएको छ ।
प्रदेशसभातर्फ ‘ख’ मा एमालेका अमरबहादुर साउँद ११ हजार ८७७ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका लक्ष्मणबहादुर शाहीले सात हजार ४९२ मत पाएका छन् ।
प्रदेश सभा ‘क’ को गणना अन्तिम चरणमा पुगेको छ । यो क्षेत्रमा वाम गठबन्धनका प्रत्यासी मत गणनमा अगाडि रहेका छन् ।
यसअघि आइतबार नै कैलाली निर्वाचन क्षेत्र पाँचको प्रतिनिधिसभा सदस्यको अन्तिम नतिजा घोषणा भइसकेको छ । यो क्षेत्रमा एमालेका नारदमुनी राना विजयी हुँदा कांग्रेस नेत्री आरजु राणा देउवा पराजित भएकी थिइन् ।
















प्रतिक्रिया