२ कार्तिक २०८३, सोमबार

कञ्चनपुरमा कांग्रेस अर्का ‘टप’ नेता पराजित

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, २५ मंसिर । कञ्चनपुर क्षेत्रनम्बर २ बाट कांग्रेस नेता एनपी साउद पराजित भएका छन् । उनलाई एमालेका युवा नेता नरबहादुर धामीले ८ हजार भन्दा बढी मतान्तरले पराजित गरेका हुन् ।

आइतबार राति सम्पन्न मतगणना अनुसार धामी ३३ हजार ३२० मत प्राप्त गरी बिजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी कांग्रेस नेता तथा पूर्वमन्त्री साउदले २४ हजार ८९३ मत प्राप्त गरेका छन् ।

कञ्चनपुर क्षेत्रनम्बर ३ मा एमाले उम्मेदवार दीपक प्रकाश भट्टले अग्रता कायम राखेका छन् ।