काठमाडौँ, २४ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ मा भारी मतका साथ विजयी भएका छन् । अध्यक्ष ओलीले नेपाली काँग्रेसका खगेन्द्र अधिकारीलाई २८ हजार ८४२ मतान्तरसहित पराजित गरेका हुन् ।
अन्तिम मतपरिणाम अनुसार ओली ५७ हजार १३९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अधिकारीले २८ हजार २९७ मत प्राप्त गरे ।















प्रतिक्रिया