काठमाडौं, २४ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरी ज्वाइँ मोरङ ६ ‘क’बाट पराजित भएका छन् ।
प्रचण्डको छोरी ज्वाइँ आचार्य कांग्रेस उम्मेदवार चुमनारायण तबदारसँग २ हजार ४३ मतअन्तरले पराजित भएका छन् ।
तबदार २३ हजार ५१३ मतसहित निर्वाचित भए । आचार्यको पक्षमा २१ हजार ४७० मत परेको छ ।
प्रदेशसभा ‘ख’मा पनि कांग्रेसकै उम्मेदवार केदार कार्की ११ हजार २९८ मतसहित निर्वाचित भएका छन् ।
कार्कीका निकटतम प्रतिस्पर्धी एमालेका रमेश प्रसाद पोखरेलले ८ हजार १२० मत पाए ।
मोरङ क्षेत्रनम्बर २ को प्रतिनिधिसभामा भने वाम गठबन्धनका साझा उम्मेदवार एमालेका लालबाबु पण्डितले कांग्रेसका डा.शेखर कोइरालालाई हराएका छन् ।















प्रतिक्रिया