काठमाडौं, २२ मंसिर । स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) हिमाली जिल्ला मनाङको प्रदेश ‘ख’ बाट प्रदेश सभा सदस्यमा विजयी भएका छन् ।
मनाङेले १ हजार ४ सय १० मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कर्म गुरुङले १ हजार २० मत ल्याए । मनाङेले ३९० मततात्नरमा जित हात पारे ।
मनाङेलाई एमाले सहित बाम गठबन्धनले समर्थन दिएको थियो । एमाले उम्मेदवार खण्डा लामाले उम्मेदवारी फिर्ता लिए मनाङेलाई समर्थन जनाएकी थिइन् ।
















प्रतिक्रिया