बेइजिङ, २१ मङसिर । भारतीय चालकविहीन विमानले विहीबार चिनियाँ आकाश ‘अतिक्रमण’ गरेको चीनको रक्षा मन्त्रालयले जनाएको छ । विमान सिक्किम क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ ।
विमान चिनियाँ आकाशमा विना अनुमति उडेपछि आफ्नो पक्षलाई कुटनीतिक विरोध गर्न वाध्य पारिएको मन्त्रालयले जनाएको छ ।
भारतीय चालकविहीन विमानले चिनियाँ अनुमति विना आकाशमा प्रवेश गरेको छ र भर्खरै विस्पोट भएको खवर छ, वेस्टर्न थियटर कमाण्ड, लडाकू दस्ताका उपप्रमुख झाङ सुइली बताउनुभयो ।
चिनियाँ सीमा सुरक्षा बलले विमानको भारतीय नै भएको पहिचान तथा पुष्टि गरिसकेको छ । साथै चीनले आफ्नो क्षेत्रको आकाश अतिक्रमण गरेकोप्रति कुटनीतिक विरोध सम्वन्धित माध्यममार्फत भारतसँग पु-याएको छ ।
सिक्किमको दोक्लाम क्षेत्रमा चालकविहीन विमान विस्फोट भएको चीनबाट दावी गरिए पनि यसको भारतीय रक्षा मन्त्रालयले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन । – पिटीआई















प्रतिक्रिया