
– राजेन्द्र ठगुन्ना
डडेल्धुरा २१ मंसिर । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा ६५ प्रतिशत मत खसेको छ ।
प्रदेश नं. क र प्रदेश नं. ख मा जम्मा ८१ ह्जार ६३२ मतदाता रहेकोमा प्रारम्भिक तथ्यांक अनुसार ६५ प्रतिशत खसेको मुख्य निर्वाचन अधिकृत डा. रमेश प्रसाद रिजालले जानकारी दिएका छन् ।
बिहीबार नै सवै मतदान केन्द्रहरुबाट मतपेटिकाहरु जिल्ला सदरमुकाममा पुर्याई शुक्रबार बिहानबाट मतगणना शुरु गरिने मुख्य निर्वाचन अधिकृत रिजालले बताएका छन् । केही सामान्य छिटपुट घटना बाहेक मतदान शान्तिपुर्ण तरिकाले सम्पन्न भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बिहीबार भएको निर्वाचनमा बाम गठबन्धनका खगराज भट्टले काँग्रेस सभापति देउवालाई टक्कर दिने अनुमान गरिरहेको छ । देउवा झिनो मतअन्तरले जित्नेमा विश्वस्त देखिएका छन् । तर भट्टको पक्षमा पनि निकै बलियो माहौल देखिएको छ । त्यसैले देउवालाई भट्टले अप्ठेरो पार्न सक्ने अनुमान गरिएको छ ।















प्रतिक्रिया